पोर्चुगलका डिफेन्डर प्रिमियर लिगमा स्टार बन्दै

प्रिमियर लीगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको डिफेन्स रेकर्ड यो सिजन निकै राम्रो रहेको। सिटीले लिगमा अन्य टोलीको भन्दा नौ गोल कम खाएको छ र यसको श्रेय सिटीका नयाँ डिफेन्डर रुबेन डियासलाई जाने सिटीका कोच पेप गार्डियोलाले बताए ।

पोर्चुगलका डिफेन्डर रुबेन डियास हाल प्रिमियर लिगमाएक स्टार बन्दै छन् उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा हाल सिटी लिगको शीर्ष स्थानमा छ भने सिटीले हाल सम्म लिगमा मात्र १३ गोल खाएको छ।

सिटीले उनलाई बेनिफिकाबाट £६२ मिलियनमा साइन गरेको थियो र हाल उनी सिटीको एक महत्त्वपूर्ण खेलाडीको रूपमा परिणत भएका छन्।

रुबेन डियासको उत्कृष्ट खेलको कारण उनको तुलना लिभरपूलका स्टार भ्यान डाइक सँग हुन सुरु गरेको छ। हाल फुटबल पण्डित, फ्यान र कोचहरूद्वारा रुबेन डियासको प्रशंसा भएको छ। “मूल रूपमा, उहाँ खेलको क्रममा सबै सँग कुरा गर्छन्,” गार्डियोलाले स्काई स्पोर्ट्सलाई भने। “उनी खेललाई राम्रो सँग अनुमान गर्न सक्छन्। उनी आफ्नो लागि खेल खेल्दैनन्; उनी आफ्नो अगाडि र पछाडि के हुन्छ देख्ने गर्छन्।”

पेप गार्डियोलाले यस सिजन सिटीको उत्कृष्ट डिफेन्स रेकर्ड हुनुको कारण वर्णन गर्दै छन् र रुबेनको प्रभावको प्रशंसा गरे।