पोचेटिनो भन्छन “पिएसजी अन्तिम सम्म च्याम्पियन्स लिग जित्नको लागि लड्ने छ”

एजेन्सी, पिएसजिको मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोका अनुसार आफुले अन्तिम सम्म पनि पिएसजीलाई च्याम्पियन्स लिग दिलाउन लागि पर्ने बताएका छ्न।

फ्रेन्च क्लबले बुधबार राती बार्सिलोना दोस्रो लेगको लागि सामना गर्दै छन। पहिलो लेगमा ४-१ गोलले जित हासिल गरे पछि अर्को चरणमा पुग्न बराबरी पर्याप्त हुनेछ।

गत सिजन पिएसजी थोमस टुचेलको नेतृत्वमा फाइनल पुगेका थिए। उक्त खेलमा किङ्स्ले कोम्यानको एक मात्र गोलमा पिएसजी बायर्न म्युनिखसंग पराजित हुन पुगेका थिए।

पोचेटिनोले पत्रकार सम्मेलनमा भने “पक्कै पनि यो क्लबको मुख्य उदेश्य त्येही जित्नु हो”।

“हामीलाई हाम्रो जिम्मेवारीको पुरा अनुभुती छ र हामी अन्तिम सम्म लड्नको लागि तयार छौ”।

टुचेल बाहेक अरु कुनै पुर्व पिएसजीका प्रशिक्षकहरुले क्लबलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुराउन सकेको थिएन।

यद्यपि, पोचेटिनोले पिएसजीलाई पार्क देस पारिसमा पराजित गर्दै अरु टिमलाई प्रतियोगितामा आफ्नो दाबेदारी पेश गर्न चाहन्छन।