पोचेटिनो टोटेन्हमको नया प्रशिक्षक?

एजेन्सी, टोटेन्हम हट्स्परले पोचेटिनोलाई क्लबमा फर्काउन प्रक्रिया थालेको छ। क्लब छोडेको १८ महिना नबित्दै फेरि एक पल्ट क्लबसंग उन्को नाम जोडेको छ।

अर्जेन्टिनीलाई बर्खास्त गरेको पछुतो क्लबले मनन गर्दै फेरि पोचेटिनोलाई प्रशिक्षकको भुमिका दिन क्लब राजी भएको छ।

उन्को पाँच बर्षको अवधीमा टोटेन्हमलाई युरोपको शक्तिशाली क्लब बनाउन सफल भएका थिए। उन्कै प्रशिक्षणमा टोटेन्हमले २०१९ मा क्लब इतिहासको पहिलो च्याम्पियन्स लिग फाइनल खेलेका थिए।

२०१९/२०२० सिजनको सुरुवातमा सोचेको नतिजा नआउदा उन्लाइ बर्खास्त गर्दै क्लबले मोरिन्होलाई भित्र्याए।

अहिले, मोरिन्हो रोमा जाने तयारीमा छन भने पोचेटिनो पिएसजीमा रहेको छ। यद्यपि, लिग वान जित्न र च्याम्पियन्स लिग फाइनल पुग्न असफल भए पछि पोचेटिनोको भबिस्यबारे प्रस्न उठ्न थालेको छ।

स्काइ स्पोर्ट्सका अनुसार, टोटेन्हमले पोचेटिनोलाई प्रशिक्षकका रुपमा भित्र्याउन चाहेको जनाएको छ। कार्यबाहक प्रशिक्षक रायन मेशनको अवधी सके पछि प्रशिक्षकको स्थान खाली रहेको छ।