पोचेटिनो क्लब संग रिसाउँदै भने “म टोटनह्यामको म्यानेजेर भन्दा कोच जस्तो भए”

टोटनह्याम हट्स्परका म्यानेजेर मौरिसियो पोचेटिनोले क्लबको ट्रान्सफर प्रक्रियाहरुमा आफ्नो केहि संलग्नता हुन नगरेको खुलासा गर्दै आफ्नो गुनासो पोखेका छन्। उनि क्लब संग रिसाउँदै येति सम्म भने कि उनि टोटनह्यामको म्यानेजेर भन्दा कोच जस्तो देखिन्छ।

रिपोर्टरले उनलाई डेनी रोजको ट्रान्सफर बारे प्रस्न गर्दा उनि खुशी नरहेको देखिन्थ्यो र उनले रिपोर्टरलाई “यो बारे मलाई केहि थाहा छैन, ट्रान्सफर प्रक्रियाहरुमा मेरो केहि हात छैन म यहाँ कोच जस्तो भएको छु” भने

“मलाई मेरो खेलाडीहरूको अवस्थाबारे केही पनि थाहा छैन” पोचेटिनोले भने

रियल संगको १-० को जित पछि उनले पत्रकार सम्मेलनमा बोलेका थिए र उनि आफ्नो क्लब संग धेरै दुखि देखिन्थ्यो। क्लबको ट्रान्सफर प्रक्रियाहरुमा उनको केहि संलग्नता नहुने कुरा पुष्टि गरेको छ र उक्त कुरामा उनि असन्तुस्ट रहेको प्रस्ट छ।

“म टोटनह्यामको म्यानेजेर भन्दा कोच जस्तो भए, मेरो नाम टोटनह्यामको कोच पदमा दिए हन्छ मेरो नाम म्यानेजर भए पनि यो क्लबमा मेरो अधिकार कोचको बराबर रहेको छ ” पोचेटिनोले भने ।