पोचेटिनोको पिएसजीसंग नया सम्झौता

एजेन्सी, पिएसजीका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लबसंग नया सम्झौता गरेको छ । सम्झौता अनुसार उनी क्लबमा २०२३ सम्म रहने छन ।

अर्जेन्टिनीले यस बर्षको सुरुमा थोमस टुचेललाई बिस्थापित गर्दै फ्रेन्च क्लब सम्हालेका हुन ।

उनले सम्झौता नविकरण गर्न पाउँदा खुशी रहेको र समर्थकहरुलाई गर्व गर्न अवसर दिने बताए ।

” म लगायत मेरो सम्पुर्ण प्रशिक्षक टोलि एकदम खुशी छौ । क्लबले हामीमा बिश्वास गर्नु त्यो हाम्रो लागि महत्त्वपूर्ण थियो । हामीले समर्थकलाई गर्व गर्ने ठाउँ दिने छौ ” ।

टोटेन्हमका पुर्व प्रशिक्षकले गत सिजन क्लवलाई लिग उपाधि दिलाउन सकेनन् । क्लब दोश्रो स्थान हासिल गर्दा लिलले लिग उपाधी उचाले ।

त्यस्तै, च्याम्पियन्स लिग सेमिफाइनलमा म्यान्चेस्टर सिटिसंग ४-१ को हारसंगै प्रतियोगिताबाट बाहिरिएका थिए ।

यद्यपि, उनले क्लबलाइ दुइटा उपाधी भने जिताउन सफल भयो । ट्रोफी डि च्याम्पियनस र कोउप डे फ्रान्स जिताए ।