पोचेटिनोको आगमन संगै पिएसजीले यी ५ खेलाडीहरु बेच्न सक्ने

अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् र उनले क्लबमा कठोर परिवर्तन गर्ने खबर छ।

खबर अनुसार पुर्व स्पर्स कोचले पिएसजीका ५ खेलाडीहरु बेच्न सक्ने छन् र सो रकम नयाँ खेलाडी साइन गर्न प्रयोग हुने कुरा छ। खबर अनुसार ति ५ खेलाडीहरुको सुचीमा लियान्ड्रो परेडिस, इद्रिसा गुए, जुलियन ड्रक्सलर र संभवतः एन्डर हरेरा वा थिलो केहरर छन्।

मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त भए पछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो र उनले जनवरीमा सो ५ खेलाडीहरुलाई क्लबबाट अफ लोड गर्दै नयाँ खेलाडी साइन गर्न रकम स .्कलन गर्ने कुरा छ।

खबर अनुसार पिएसजीले जनवरीको विन्डोमा कुनै खेलाडी साइन गर्नु अघि यी ५ खेलाडीहरु बेच्न छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ