‘पोग्बा साइन गर्न युभेले €२५० मिलियन खर्च गर्नु पर्ने छ’

MANCHESTER, ENGLAND - MARCH 02: Paul Pogba of Manchester United reacts during the Premier League match between Manchester United and Southampton FC at Old Trafford on March 02, 2019 in Manchester, United Kingdom. (Photo by Shaun Botterill/Getty Images)

युभेन्टसले म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बालाई ट्युरिनमा फर्काउन €२५० मिलियन खर्च गर्नु पर्ने खबर छ।

फ्रान्सका स्टार आउँदो गर्मीमा युनाइटेड छोड्ने अपेक्षा गरिएको छ, युभे र रियल म्याड्रिड दुबै उनलाई साइन गर्न उत्सुक छन्।

र खबर छ कि युभेन्टसले पहिले नै गर्मी बजार अगाडि उनलाई साइन गर्न छलफल गर्दै छ।

युभेको बोर्डले यो विश्वास गर्दछ कि पोग्बा साइन गर्न युभेले १०० मिलियन तिर्न पर्ने छ, जबकि व्यक्तिगत सर्तहरू अनुसार ५ वर्षको लागि उनको €३० मिलियन प्रति वर्षमा तलब हुने छ।

मेगा ट्रान्सफर बाबजुद युभे विश्वस्त छन् कि उनीहरूले आफ्नो रकम पोग्बाको व्यापारिक सम्भाव्यतामा फर्काउने छन्।

युभेका बजार प्रमुखहरूले क्रिस्टियानो रोनाल्डोको सफलतालाई ध्यान दिएर पोग्बाको विश्वव्यापी प्रोफाइलको प्रयोग गर्न के आवश्यक छ भनेर सिकेका छन्।