पोग्बा साइन गर्न आफ्नो युभेन्टसले आफ्नो स्टार डिफेन्डर दिन सक्ने

युभेन्टसले आफ्नो पुर्व स्टार पोग्बा फेरी साइन गर्न आफ्नो युवा स्टार दिन सक्ने खबर छ।

म्यान्चेस्टर युनाईटेडले आफ्ना मिडफिल्डर पाउल पोग्बालाई युभेन्ट्सका युवास्टार म्याथिज डी लिग्तसँग साट्ने तयारी गरेको खबर छ ।

नेदरल्यान्ड्सका स्टार डी लिग्तलाई अहिले स्पेनिस क्बल रियल म्याड्रिडको पनि आँखामा परेका छन् । यही बेला युनाइटेडले युभेन्ट्समा पोग्बा पठाएर डी लिटलाई अनुबन्ध गर्न चाहेको बेलायती मिडियाहरुले जनाएका छन् ।

डी लिग्तले इङ्लिस क्लबबाट खेल्न चाहेको र पोग्बा युनाइटेडमा त्यति खुशी नदेखिएकोले दुवै क्लबलाई सुखद संयोग हुने देखिएको छ । पोग्बा पनि पुरानो क्लब युभेन्ट्स फर्कन चाहन्छन् । चार सिजन युनाइटेडमा विताएका पोग्वाको पछिल्लो चाहना पनि क्रिस्टियानो रोनाल्डोसँग खेल्नु रहेको छ ।

युनाइटेडमा पोग्वाको सम्झौता अझै एक वर्ष बाँकी छ । युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पनि फ्रान्सेली स्टार पोग्बालाई इटाली पठाएर डच युवास्टार डी लिट ल्याउने तयारी भएको खुलासा गरेका छन् ।

२० वर्षीय डि लिग्त मात्र ६८ मिलियन पाउन्डमा युभेन्ट्समा पुगेका थिए । तर, त्यहाँ उनी त्यति जम्न सकिरहेका छैनन् ।

@Ratopati

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ