पोग्बा साइन गर्न असफल भए जिदानले रियल म्याड्रिड छोड्न सक्ने

रियल म्याड्रिडले पोग्बा साइन गर्न असफल भए जिदानले रियल म्याड्रिड छोड्न सक्ने खबर आएको छ। खबर छ कि जिदान म्यान्चेस्टर युनाइटेडका पोग्बालाई रियलमा भित्र्याउन चाहन्छन् र रियलको युनाइटेड संग केहि सम्झौता भएको छैन ।

खबर अनुसार रियलले पोग्बा साइन गर्न असफल भए जिदानले रियल म्याड्रिड छोड्न सक्ने छन्।

स्पेनिश पत्रकार डिएगो टोरेसले बताए कि “पोग्बालाई रियलले साइन नगरे जिदान रियलमा राजीनामा दिन नजिक पुग्ने छन्” ।

“जिदानले व्यक्तिगत रूपमा पोग्बालाई वाचा गरेका थिए कि उनलाई म्याड्रिडमा साइन गर्ने छन् र रियलले पोग्बा साइन नगरे जिदानको वाचा झुटो हुने छ”

“सोहि कारण जिदान र पेरेज बीच पनि केहि विवाद रहेको बुझिएको छ ” ।