‘पोग्बा युनाइटेडमा नै रहनेछन्’ – प्रशिक्षक सोल्सायर

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक गुनर सोल्सायरले पाउल पोग्बा युनाइटेडमा नै रहने बताएका छन्।

स्काई स्पोर्टस्सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। पोग्बा युभेन्टस र रियल मड्रिडमा जाने चर्चा थियो ।

उनी युभेन्टस वा मड्रिड जाने सक्ने सम्भव थियो । “मिडियाको प्रश्न सधै पोग्बाकै विषयमा हुन्छ । म मेरो टिममा खुशी छु । आफ्नो काम गर्दा म खुशी छु । म आफ्नो कामलाई माया गर्छु र म खेलमा आनन्द लिन्छु,”  सोल्सायरले भने ।

“पोग्बाको बारेमा कुनै न कुनै प्रश्न रहेको हुन्छ । त्यहाँ कुनै पत्रकार सम्मेलन छैन जहाँ मैले पोग्बाको बारेमा उत्तर नदिएको हो ।

मैले मिडियाकर्मीहरुलाई पोग्बाले युनाइटेडमा रहने कुरा यसअघि पनि धेरै पटक बताइसकेको छु,” सोल्सायरले थपे ।

प्रिमियर लिगको अनतर्गत पहिलो खेलमा युनाइटेडले चेल्सीलाई ४-० ले पराजित गरेको थियो।