पोग्बा भित्र्याउन नसके रियल मड्रिडले यी खेलाडी किन्ने

रियल मड्रिडले म्यान्चेस्टर युनाइटेडका मिड्फिल्डर पौल पोग्बालाई अनुबन्ध गर्ने प्रयासमा छ तर यो सहमतिमा आउन सकिरहेको छैन । पोग्बाको डील अल्झिएपछि रियलले विकल्पमा अर्का खेलाडी छानेको छ । पोग्बाको अनुबन्धनमा कठिनाइ आएमा आयाक्सका डोनी भ्यान डि बीकलाई ल्याउने तयारीमा छ ।

डि बीककको उत्कृष्ट प्रदर्शनपछि आयाक्सले रियल मड्रिड र युभेन्टसलाइ हराउदै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । तर यी डच खेलाडी सस्तोमा रियल भने आउने छैनन्, यद्यपि पोग्बाको तुलनामा भने उनी केही कम मूल्यमै आउन सक्छन् ।

उनको मूल्य ६० मिलियन युरो तोकिएको छ जुन पोग्बाको भन्दा लगभग आधा हो ।