पोग्बा प्रेमियर लिगकै सर्वाधिक पारिश्रमिक लिने खेलाडी बन्न सक्ने

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फ्रेन्च मिड्फिल्डर पल पोग्ब प्रेमियर लिगकै सर्वाधिक पारिश्रमिक लिने खेलाडी बन्न सक्ने सम्भावना देखिएको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड पोग्बालाई थप ५ वर्षका लागि अनुबन्ध हुन प्रस्ताव गर्ने तैयारीमा छन्।

पोग्बा अर्को वर्ष सम्मका लागि युनाइटेडमा अनुबन्ध छन् र त्यसपछि फ्री ट्रान्सफरमा युनाइटेड छाड्न सक्ने छन्। रिपोर्टका अनुसार युनाइटेड पोग्बालाई हप्ताको ४००,००० पाउन्ड पारिश्रमिक दिने प्रस्ताव गर्ने तैयारीमा छन्। उनको पारिश्रमिक हाल हप्ताको ३००,००० पाउन्ड रहेको बताइएको छ। रिपोर्टका अनुसार स्पेनिश क्लब रियल मड्रिड र फ्रेन्च क्लब पि.एस.जि उनलाई भित्र्याउन इच्छुक छन्।
पोग्बा २०१६ मा करिब ८९.३ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। उनी म्यान्चेस्टर युनाइटेडको एकेडेमीकै उत्पादन हुन्। उनले २०१२ मा क्लब छाडि युभेन्टसमा अनुबन्ध भएका थिए। युनाइटेडमा फर्किएपछि उनले युनाइटेडका लागि १९९ खेल खेल्नुका साथै ३८ गोल पनि गरेका छन्।