पोग्बा पेनाल्टीमा चुक्दा युनाइटेडले गुमायो शीर्ष स्थानमा जाने मौका

इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग १-१ को बराबरी खेलेको छ ।

खेलको २७ औं मिनेटमा रास्फोडको पासमा मार्सियालले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएको थियो ।

त्यसपछि दोस्रो हाफको ५५ मिनेटमा वुल्भसका नेभेसले उत्कृष्ट गोल गरे र खेल १-१ को बराबरीमा ल्यायो ।

६८ औं मिनेटमा पोग्बालाइ डि बक्स भित्र फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो तर पोग्बाको प्रहार वुल्भसका गोलरक्षक रुइ प्याटरिसियोले उत्कृष्ट बचाउ गरे ।

खेलमा अरु कुनै गोल हुन नसके पछि खेल १-१ को बराबरीमा सकियो र युनाइटेडले शीर्ष स्थानमा जाने मौका गुमायो ।

यस बराबरीसंगै म्यान्चेस्टर युनाइटेड चौथौ स्थानमा छ भने वुल्भस १२ औं स्थानमा रहेको छ ।