पोग्बा पि.एस.जिमा अनुबन्ध हुने सम्भावना बन्दै

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फ्रेन्च स्टार मिड्फिल्डर पल पोग्बाले यो ट्रान्सफर सिजन क्लब छाडी फ्रेन्च क्लब पि.एस.जिमा अनुबन्ध हुने सम्भावना बलियो बन्दै आएको छ। रिपोर्टका अनुसार पोग्बा पि.एस.जिसँग केहि सर्तहरूमा सहमत हुन नजिक छन्।

पि.एस.जिका प्रशिक्षक मौरिसियो पोचेटिनो पनि उनलाई भित्र्याउन इच्छुक भनिएका छन्। पि.एस.जि र पोग्बा बिच व्यक्तिगत सर्तहरूमा सम्झौता भएपछि पनि ट्रान्सफर रकम ’bout पि.एस.जि र म्यान्चेस्टर युनाइटेड बिच सम्झौता हुनुपर्ने नै छ।
पोग्बा अर्को वर्ष सम्मका लागि मात्र युनाइटेडमा अनुबन्ध छन् र त्यसपछि फ्री ट्रान्सफरमा युनाइटेड छाड्न सक्ने छन्। यसै कारणले युनाइटेडले उनलाई भारी पारिश्रमिक सहितको नयाँ प्रस्ताव गर्न सक्ने भनिएको थियो। रिपोर्टका अनुसार युनाइटेड पोग्बालाई हप्ताको ४११,००० पाउन्ड सम्मको पारिश्रमिक दिने प्रस्ताव गर्ने तैयारीमा छन्। उनको पारिश्रमिक हाल हप्ताको २९०,००० पाउन्ड रहेको बताइएको छ।

पोग्बा २०१६ मा करिब ८९.३ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। उनी म्यान्चेस्टर युनाइटेडको एकेडेमीकै उत्पादन हुन्। उनले २०१२ मा क्लब छाडि युभेन्टसमा अनुबन्ध भएका थिए। युनाइटेडमा फर्किएपछि उनले युनाइटेडका लागि १९९ खेल खेल्नुका साथै ३८ गोल पनि गरेका छन्।