पोग्बा किन्न तीन खेलाडी बेच्न तयार युभेन्टस

म्यान्चेस्टर युनाइटेडका पोग्बा, क्लब छोड्ने हल्ला चल्दै गर्दा उनलाई साइन गर्न खोज्ने क्लबहरुको घुइचो बढेको छ। उनि क्लब छोड्न तयार रहेको कुराहरु आउंदै गर्दा युभेन्टसले पनि उनलाई साइन गर्न खोज्दै गरेको खबर आएको छ।

युभेन्टस पोग्बा साइन गर्ने आफ्नो तीन खेलाडी समेत दिन तयार रहेको कुरा आएको छ। म्यान्चेस्टर युनाइटेडले पोग्बाको लागि £१६० मिलियनको माग गर्दै आएको छ र युभेन्टसले भने आफ्नो खेलाडी दिएर उक्त मूल्यलाई घटाउन खोज्दै छ । उनलाई साइन गर्न युभेन्टसले युनाइटेडलाई आफ्नो तीन खेलाडी दिने प्रस्ताव राखेका छन्। युभेन्टसले ब्लेज मट्टुइडि, डगलस कोस्टा र जोआओ कन्सेलो दिएर पोग्बा साइन गर्ने प्रयास गर्ने खबर आएको छ।