पोग्बा अब फ्रान्सको राष्ट्रिय टोलीबाट नखेल्ने

फ्रान्सका राष्ट्रपति म्याक्रोनले ‘इस्लामी आतंकवाद’ बारे गरेको टिप्पणीलाई लिएर म्यान युनाइटेडका स्टार स्टार पल पोग्बाले ‘फ्रान्सका लागि खेल्न छोड्ने’ खबर छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इस्ला अन्तर्राष्ट्रिय आतंकवादको स्रोत भनेर टिप्पणी गरे पछि पल पोग्बाले अन्तर्राष्ट्रिय फुटबल त्यागेको बताइएको छ।

म्यानचेस्टर युनाइटेड स्टारले आफ्नो देशका नेताको शुक्रवारको टिप्पणी पछि सो निर्णय गरेको खबर छ ।

फ्रान्समा एक शिक्षकको आतंकवादीले हत्या गरेको थियो सो बारे फ्रान्सका राष्ट्रपति म्याक्रोनले ‘इस्लामी आतंकवाद’ बारे टिप्पणी गरेका थिए। फ्रान्सका राष्ट्रपतिले उक्त घटनाको दोष पुरै इस्लाम समुदाय र धर्मलाई लगाएको भनेर पोग्बाले सो निर्णय गरेको कुरा छ।

खाडी देशहरूका विभिन्न मध्य पूर्वी समाचार स्रोतहरूको अनुसार पोग्बाले फ्रान्सको राष्ट्रिय टोलीबाट नखेल्ने खबर रहे पनि फ्रान्सेली फुटबल संघले यस बारे टिप्पणी गरेको छैन।