पोग्बाले यो ट्रान्सफर सिजन युनाइटेड छाड्ने सम्भावना न्यून

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फ्रेन्च स्टार मिड्फिल्डर पल पोग्बाले यो ट्रान्सफर सिजन क्लब छाड्ने सम्भावना न्यून बन्दै गइरहेको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड उनलाई बेच्न अनिच्छुक छन्।

रिपोर्टका अनुसार फ्रेन्च क्लब पि.एस.जि उनलाई भित्र्याउन इच्छुक भएता पनि म्यान्चेस्टर युनाइटेड भने उनलाई बेच्न इच्छुक छैनन्। पोग्बा अर्को वर्ष सम्मका लागि मात्र युनाइटेडमा अनुबन्ध छन् र त्यसपछि फ्री ट्रान्सफरमा युनाइटेड छाड्न सक्ने छन्।
पोग्बा २०१६ मा करिब ८९.३ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। उनी म्यान्चेस्टर युनाइटेडको एकेडेमीकै उत्पादन हुन्। उनले २०१२ मा क्लब छाडि युभेन्टसमा अनुबन्ध भएका थिए। युनाइटेडमा फर्किएपछि उनले युनाइटेडका लागि १९९ खेल खेल्नुका साथै ३८ गोल पनि गरेका छन्।