पोग्बाले प्रशिक्षक मोउरिन्होलाइ हात मिलाउन अस्वीकार गरे [भिडियो सहित]

म्यानचेस्टर युनाइटेडका खेलाडी पौल पोग्बाले आफ्नो प्रशिक्षक जोसे मोउरिन्हो संग हात मिलाउन अस्वीकार गरेका छन् ।

पोग्बाले केहि हप्ता अगाडी प्रसिक्षक मोउरिन्होले खेलाउने तरिका आफुलाइ चित्त नबुझेको भनेर मेडियामा खुलेआम आलोचना गरेका थिए र त्यसै बिषय लिएर पोग्बालाइ कप्तानको भूमिका बाट हटाइएको थियो । र केहि दिन अगाडी पनि यी दुइ बीच प्रशिक्षणको क्रममा विवाद परेको भिडियो सार्वजनिक भएको थियो ।

फ्रान्सका यी अन्तराष्ट्रीय खेलाडीले प्रशिक्षणको क्रममा अरु खेलाडी र अन्य कोचहरु संग हात मिलाएको देख्न सकिन्छ तर प्रशिक्षक जोसे मोउरिन्होलाइ आफ्नै अगाडी देखेर पनि बेवास्ता गर्दै हात मिलाउन अस्वीकार गरे।

भिडियो हेर्नुहोस्: