पोग्बाले क्लब छोड्ने- युभेन्टस र रियल म्याड्रिड उनलाई साइन गर्न इच्छुक

स्काई स्पोर्ट्सका अनुसार पोग्बा यस गर्मीमा म्यानचेस्टर युनाइटेड छोड्नेछन्। रियल म्याड्रिड र युभेन्टस दुवैले मिडफिल्डर साइन गर्न चासो देखाएको छ।

२६ बर्षेका स्टार मिडफील्डर स्पेनमा खेल्ने छनौट गर्न सक्ने छन् जिदान पोग्बाका ठुलो समर्थक हुन् र उनलाई रियलमा ल्याउन जिदानले धेरै पहल गरेको थियो।

युभेन्टस पनि उनलाई साइन गर्न इच्छुक छन्, युनाइटेड जानु अगि उनि युभेन्टसका स्टार थिए र उनलाई फिर्ता गर्न युभेन्टसले सबै प्रयास गर्ने खबर छ।

युनाइटेड पोग्बालाई कम्तिमा यो सिजनको अन्त्यसम्म राख्न चाहन्छन जुन जनवरीमा उनको प्रतिस्थापनको अभावका कारण हुने छ।

उनको मूल्य €१०० मिलियन हुन सक्ने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ