पोग्बाले क्लब छाडे युनाइटेडले बायनका मिडफिल्डर भित्र्याउन प्रयास गर्ने

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका स्टार मिड्फिल्डर पल पोग्बाले युनाइटेड छाड्ने सम्भावना दिनानुदिन बलियो देखिदै आए सँगै युनाइटेड पोग्बालाई प्रतिस्थापन गर्न खेलाडीको खोजीमा देखिन्छ। रिपोर्टका अनुसार हाल युनाइटेडको नजर जर्मन क्लब बायन म्युनिखका मिडफिल्डर लियोन गोरेट्स्का माथी परेको छ।

म्यान्चेस्टर युनाइटेडका स्टार मिड्फिल्डर पल पोग्बाले यो ट्रान्सफर सिजन क्लब छाड्न सक्ने सम्भावना बलियो छ। रिपोर्टका अनुसार उनी यस ट्रान्सफर सिजन फ्रेन्च क्लब पि.एस.जिमा अनुबन्ध हुने सम्भावना उच्च रहेको छ। पल पोग्बा अर्को एक सिजनका लागि मात्र युनाइटेडमा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छाड्न सक्ने छन्।
२६ वर्षका लियोन गोरेट्स्का पनि २०२२ सम्म मात्र बायन म्युनिखमा अनुबन्ध भएता पनि क्लब उनलाई थप समयका लागि अनुबन्ध गर्न प्रयास गरिरहेको बताइएको छ। रिपोर्टका अनुसार स्पेनिश क्लब रियल मड्रिडको नजर पनि उनी माथी छ।उनी २०१८ मा बायन म्युनिखमा अनुबन्ध भएका थिए। बायनको जर्सीमा उनले ११२ खेल खेल्नुका साथसाथै २५ गोल गर्न पनि सफल भइ सकेका छन्।