पोग्बाको लागि म्यानचेस्टर युनाइटेडको रियल संग यति रकम र यो युवा स्टारको माग

म्यानचेस्टर युनाइटेडले पोग्बाको बदलामा रियल संग युवा स्टार मागेको खबर छ।

विश्वको सर्वश्रेष्ठ मिडफिल्डर मध्ये एक, फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल स्टार पोग्बा धेरै समय देखि रियल संग जोडिएका छन्।

एल डेसमार्कको रिपोर्टले दाबी गरेको छ कि म्यान्चेस्टर युनाइटेडले पोग्बाको लागि €१०० मिलियन र भिनिसियस जुनियरको माग गरेको छ ।

ब्राजीलियन युवाको €३८ मिलियन ट्रान्सफर शुल्कको रहेको छ र रियलमा सम्मिलित भएदेखि ९ गोल र १४ अस्सिस्त गरेका छन्।

यस सिजनमा, भिनिसियसले जिदानको लागि १५ खेल खेलेका छन्।

यो म्यानचेस्टर युनाइटेडका लागि फाइदाजनक हुनेछ यदि पोग्बाको स्थानान्तरणबाट विनिसियस प्राप्त गर्ने हो भने। ब्राजिलका युवाले ओले गुन्नार सोल्स्कजायरको हमलामा अझै गहिराइ दिन सक्ने छन्।