पैसा बचाउन अर्को सिजन गोल लाइन टेक्नोलोजी प्रयोग नगर्ने बिचारमा ला लिगा 

स्पेनिस लिग ला लिगाले अर्को सिजन गोल लाइन टेक्नोलोजी प्रयोग नगर्ने योजना बनाएको जानकारी छ।

गोल लाइन टेक्नोलोजी कार्यान्वयन गर्न प्रति सिजन $३ मिलियन सम्मको रकम तिर्न पर्ने गरेको छ भने उक्त रकम बचाउन अर्को सिजन गोल लाइन टेक्नोलोजी प्रयोग नगर्ने बिचारमा ला लिगाका अध्यक्ष जेभियर टेबास रहेको जानकारी छ।

फुटबल खेलमा बलले गोलको रेखा निश्चितरूपले पार गर्‍यो कि गरेन भन्ने विषयको छिनोफानो गर्ने प्रविधिलाई गोल लाइन टेक्नोलोजी भनिन्छ।

फुटबलमा गोलको विषयमा धेरै विवादास्पद निर्णय भएको कारण गोल लाइन टेक्नोलोजीको कार्यान्वयन भएको थियो भने अन्तर्राष्ट्रिय फुटबल म्याचको नियम बनाउने संस्था अन्तर्राष्ट्रिय फुटबल म्याच एसोसिएशन बोर्ड (आईएफएबी)ले बहुप्रतिक्षित गोल–लाईन प्रविधिलाई सन् २०१२ जुलाई ५ मा स्वीकृति दिएको

२०१० विश्वकपमा जर्मनी र इङ्गल्यान्ड बिचको खेलमा बलले गोल लाइन पार गरे पनि रेफ्रीले गोल नदिए पछि गोल लाइन टेक्नोलोजीको आवश्यकता स्पष्ट भएको थियो र फिफाले विश्वकपमा यस प्रविधिको प्रयोग सन् २०१४ फिफा विश्वकप देखि सुरु गरेको थियो।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ