पेलेले रियल म्याड्रिडको प्रस्ताव अस्विकार गरेको खुलासा

एजेन्सी, ब्राजिलियन लेजेन्ड पेलेले एक अन्तर्वार्तामा रियल म्याड्रिडबाट आएको प्रस्ताव अस्विकार गरेको खुलाएका छन ।

म्याड्रिस्टा रियलसंग गरेको कुराकानीमा उनले रियल म्याड्रिडको प्रस्ताव अस्विकार गरेको बताएको हो ।

उनलाइ अन्तर्वार्तामा माड्रिडस्टा रियलले बर्नाब्युबाट डि एस्टेफानोलाई प्रतिस्थापन गर्न तपाइलाइ आएको प्रस्ताव किन अस्विकार गर्नु भएको भनी सोधिएको प्रस्नमा उनले जवाफ दिए ” रियलबाट खेल्न अविस्मरणीय हुन्थ्यो, तर मेरो घरसंग धेरैनै लगाभ थियो । रियलका लागि खेल्नु एउटा राम्रो कथा हुनेथियो तर स्यान्टोसको लागि खेलेकोमा मलाइ कुनै पछुतो छैन ” ।

उनी १९ बर्षको हुदा बर्नाब्युमा खेल्ने अवसर जुर्यो । मिगुयल मुनोजको सम्झनामा राखेको मैत्रीपुर्ण खेलमा रियल म्याड्रिडका डि स्टेफानोकोविरुद्ध खेले ।

उक्त खेल रियलले ५-३ गोलले जित्यो । पेलेले सो खेलको स्टेडियम, सहरको अझै सम्झना र म्याड्रिडविरुद्ध खेलेको बिशेष रहेको बताए ।

उनले आफ्नो खेल करिअरबाट १९७७ मा रियल कस्मोसबाट बिदा लिए ।