पेलेको स्वास्थ्यमा सामन्य सुधार

एजेन्सी । ब्राजिलियन फुटबल लेजेन्ड पेलेको स्वास्थ्यमा सुधार आएको छ । कोलोन क्यान्सरको उपचार गराउने क्रमम उनको स्वासप्रस्वासमा समस्या देखिएको थियो ।

उनको स्वास्थ्यमा सुधार देखिए पनि अझै केही साता अस्पतालमै उपचार जारी रहने अल्बर्ट आइस्टाइन अस्पतालले जनाएको छ ।

८२ वर्षे पेले कोलोन क्यान्सरको उपचार गराउदै आएको छ ।

तीन पटकको विश्व कप विजेता २९ नोभेम्बरमा अस्पताल भर्ना भएका थिए । त्यसको, केही दिन पछि उनको स्वासप्रस्वासमा समस्या देखा परेको थियो ।

विश्व कपमा प्रतिस्पर्धा गर्दै गरेको ब्राजिली टोलिलाई पेलेले केही दिन अगाडि आफ्नो समाजिक सञ्जाल मार्फत शुभकामना प्रदान गरेका थिए ।

तर, ब्राजिल क्रोएसियासंग टाईब्रेकरमा पराजित हुँदै विश्व कपबाट क्वाटरफाइनल सम्मको यात्रा पार गर्न सकेनन् ।