पेलेको रेकर्ड तोडेका ब्राजिलियन स्टार हाल क्लब बिहिन

ब्राजिलका पुर्व स्टार अलेक्जान्ड्रे पाटोको क्यारियरको सुरूवात एक कहानी जस्तो रहेको छ, सानो उमेरमै आफ्नो उत्कृष्ट प्रतिभा देखाउन सुरु गरेका पाटो विश्व फुटबलको नयाँ सुपरस्टार बन्ने धेरैको विश्वास थियो तर हाल ३१ बर्सको उमेरमा उनि क्लब बिहिन छन्।

अगस्तमा साओ पाउलोले उनि संगको सम्झौता रद्द गरे पछि उनि हाल फ्री एजेन्ट रहेका छन् भने उनले अहिले सम्म नयाँ क्लब पाएका छैनन्।

१७ बर्सको हुँदा ईन्टरनेसोनल क्लब संग गोल गर्दै उनले सानो उमेरमै फिफा आयोजित प्रतियोगितामा गोल गर्ने पेलेको रेकोर्ड तोडे। २००६मा उनले सो क्लबलाई क्लब विश्वकप जित्न मद्दत गरे।

२००८मा उनले आफ्नो राष्ट्रिय टोलीको लागि खेल्ने मौका पाए र आफ्नो पूर्ण डेब्यू खेलमा उनले फेरी पेलेको अर्को रेकर्ड तोडे- त्यो बेला उनले सबै भन्दा छिटो गोल गर्ने रेकोर्ड बनाए।

सोनो उमेरमै एक स्टार बन्ने क्रममा रहेका पाटोलाई €२४ मिलियनमा २००८मा एसी मिलानले साइन गर्यो सो समय उनि मात्र १९ बर्सका थिए। आफ्नो पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै १९ गोल गरे भने त्यो पछिको सिजनमा उनले च्याम्पियन्स लिगमा निकै राम्रो खेले र युरोपको आँखा उनिमा थियो।

तर सानो उमेरमै चम्किलो हुँदै गएका खेलाडीको शरीरले उनलाई धोका दियो- उनलाई एक पछि अर्को गरेर चोटपटक लाग्न थाल्यो।

२०१२मा उनको निकै निराशाजनक सिजन रह्यो र उनि २०१३मा फेरी ब्राजिल फर्के। २०१४ तिर उनि आफ्नो पुर्व क्लब फर्के र त्यहाँ आफ्नो उत्कृष्ट प्रतिभा फेरी देखाए। साओ पाउलोमा उनले दुई सिजनमा ३८ गोल गरे र प्रिमियर लिग क्लब चेल्सीले उनलाई २०१६मा साइन गर्यो उनले प्रिमियर लिगमा आफ्नो डेब्यू खेलमै गोल गरे पनि उनले खेल समय पनि पाएनन् भने उनको खेल पनि पहिला जस्तो राम्रो रहेन।

तेस पछि उनि फेरी बिभिन्न क्लबहरुमा गए तर उनको प्रदर्शन पहिले जस्तो उत्कृष्ट हुन सकेन र हाल उनि अहिले क्लब बिहिन छन्। उनको क्लबले उनि संगको सम्झौता रद्द गरेको छ भने उनले नयाँ क्लब पाएका छैनन्।