पेलेको बिश्व किर्तिमान पछ्याउदै मेस्सी

पेले ले सान्तोस बाटबाट ६५६ खेलमा ६४३ गोल गरेका छन , जुन अहिले सम्मा कुनैपनी खेलाडिले एउटै क्लब बाट त्यती धेरै गोल गरेका छैनन । २१ औ शताब्दी कि महान खेलाडि ३१ बर्सिय मेस्सिले ६५९ खेलमा बार्सिलोनाबाट ५७५ गोल गरिसकेका छन।

हरेक सिजन उत्कृष्ट प्रदर्शन गरिरहने मेस्सी ले अझै पनि क्लब बाट २०० भन्दा बढी खेल खेल्न बाँकी नै छ , मेस्सी अहिले पेले भन्दा ६८ गोल ले पछाडी छन , एकै बर्षमा ९१ गोल गरेका मेस्सिको लागि को लागि ६८ गोल गर्न धेरै समय लग्ने देखीन्न । मेस्सिले अब बार्सिलोनबाट ६९ गोल गरेमा पेले को विश्व किर्तिमानी लाई तोद्दै फूटबल को ईतिहासअंा एकै क्लब बाट सबै भन्दा बढी गोल गर्ने खेलाडी बन्नेछन।

जारी सिजनमा पनि मेस्सिले लालिगामा १७ गोल र च्यम्पियन लिगम्मा ६ गोल गरेका छन । अहिले सम्म मेस्सिले ०.८७ को अनुपातमा गोल गरिरहेका छन । यसरी हेर्दा उनलाई पेले को किर्तिमानी तोड्न लगभग ८० खेल अरु खेल्न पर्ने देखिन्छ । तथ्यान्किय रुपमा ८० खेल मा उक्त रेकर्ड तोड्ने देखियता पनि वास्तविक रुपमा कती खेल लाग्ला त्यो त पछी नै थाहा हुनेछ ।