पेलेको निधनको शोकमा देशभरको फुटबलमा मौन धारण गरिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभर फुटबल प्रतियोगितामा पेलेको निधनमा एक मिनेट मौनधारण गर्न निर्देशन दिएको छ । फिफाले शुक्रबार पठाएको पत्र अनुसार एन्फाले जिल्ला संघ, क्लबलाई एक साता मौनधारण गर्न निर्देशन दिइएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो सदस्य राष्ट्रहरुलाई पत्र जारी गरिएको थियो ।

तीन पटकको विश्व कप विजेता पेले शुक्रबार उपचारको क्रममा मृत्यु भएको थियो ।

विश्व कप तीन पटक जित्ने उनी एकल खेलाडी हुन् ।

पेले पछिल्लो समय क्यान्सरको उपचार गराउदै आएको थियो ।

उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।