पेलेको गोल रेकर्ड मेस्सी वा क्रिस्टियानो रोनाल्डोको भन्दा राम्रो

पेले फुटबलका एक लेजेण्ड हुन् र धेरैले उनलाई फुटबल सबैभन्दा उत्कृष्ट खेलाडी भन्ने गर्छन।

पेलेको क्यारियर गोल १,२७९ रहेको दाबी भए पनि केहि गोल उनको क्लबको मैत्रीपूर्ण खेल र टुरबाट रहेको भन्ने तर्क हुने गर्छ तर आधिकारिक खेलबाट मात्र गोलको गणना गर्ने हो भने पनि उनको अविश्वसनीय ७५७ गोल हुने छ र उनको गोल दर ०.९३ प्रति खेल रहेको छ।

मेस्सीको कुल क्यारियर गोल ७०७ रहेको छ भने गोल दर प्रति खेल ०.८१ रहेको छ भने रोनाल्डोको कुल क्यारियर गोल ७४२ छ र गोल दर प्रति खेल ०.७३ रहेको जसको मतलब गोल र गोल दरमा मेस्सी र रोनाल्डो भन्दा पेले अघि छन्।

हाल पेले ८० बर्सका भएका छन् धेरैले उनलाई फुटबलको सबैभन्दा उत्कृष्ट खेलाडी भन्छन भने कोहिले उनको समयमा खेल सजिलो रहेको र उनले सजिलो लिग खेलेको भनेर बहस गर्ने गर्छन। आफ्नो राष्ट्रको लागि ७७ गोल गरेका छन् भने आफ्नो क्लब संटोसको लागि उनले रेकर्ड ६४३ गोल गरेका थिए। उनले ब्राजिल संग ३ विश्वकप जितेका छन्।