जोसे मोरिन्होलाई रियल म्याड्रिड फर्काउने कसरतमा पेरेज

गत डिसेम्बरमा जोसे मोरिन्होलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेसगै उनी हाल बिभिन्न मिडियाका लागि फूटबल विज्ञको रुपमा संलग्न भैरहेको छ ।

शनिबार भएको खेलमा यसै सिजन बदुवा भएको रियल मलोकासँग १-० ले पराजित भये पछि जिदनको म्यड्रिडमा रहने वा नरहने सङ्क बदेको छ र मोरिन्हो जिदनलाई प्रतिस्थापन गर्ने मध्यको एक जना मुख्य दाबेदारको रुप मा लिएको छ।

मोरिन्होले सन २०१० देखी २०१३ सम्म म्यड्रिडमा मुख्य प्रशिक्षकको भुमिकामा थिए जस्मा २०१२ मा ला लिगाको उपाधी दिलाउन सफल भयेका थिए। उनी पछिल्ला १२ महिना उनी रियाल फर्किने हल्ला पनि चलेको थियो र आफ्नो र रियलको अध्यक्षबिच राम्रो सम्बन्ध भएको प्रतिकृया दिने गर्थे।

म्याड्रिड ला लिगाको अंक तलिकामा दोस्रो स्थानमा छन र बार्शिलोना भन्दा एक अंक तल छन।