पेरूका फुटबलरको नाम ‘ओसामा भिनलादेन’ र उनको भाइको नाम सद्दाम हुसेन

हाल पेरुभियन फुटबलर र उनको भाइ बारे सामाजिक संजालमा चर्चा हुदै गरेको र उनिहरु चर्चामा आउनुको कारण उनीहरु अनौंठो नाम रहेको छ।

‘ओसामा भिनलादेन’ पेरूको दोस्रो डिभिजन लिगमा खेल्ने गर्छन र उनको नाम प्रसिद्ध आतंकवादी ओसामा बिन लादेनबाट प्रेरित भएको छ। उनको बुबाले उनको नाम किन ओसामा भिनलादेन राखेको कुरा भने स्पष्ट छैन तर उनको बुबाले आफ्नो दोस्रो छोरा नाम सद्दाम हुसेन राखेका छन्- उक्त नाम पुर्व इराकी विवादास्पद नेताको हो।

तर यति मात्र होईन ओसामा भिनलादेनले बताए कि उनको बुबा आफ्नो तेस्रो छोराको नाम अमेरिकाको ४१औं राष्ट्रपति जर्ज बुशको नामबाट राख्न चाहन्थे -तर उनको तेस्रो बच्चा छोरी भए पछि योजना असफल भएको छ।

“मैले मेरो नाम परिवर्तन गर्ने बारेमा सोचेँ तर अब मलाई यो मन परेको छ, यो त्यस दिनबेला फैशनेबल थियो,” ओसामा भिनलादेनले भने।

“मेरो भाइको नाम सद्दाम हुसेन हो र मेरो बुबा आफ्नो तेस्रो बच्चाको नाम जर्ज बुश राख्न चाहानुहुन्छ, तर छोरी जन्म भयो ।”