पेरूका डिफेन्डर कार्लोस जामब्रानोले नेमारको आलोचना गरेका छन् भने उनलाई “एक जोकर” भनेर उल्लेख गरे। ब्राजिल र पेरू बीचको खेलमा नेमारले ह्याट्रिक गरेका थिए भने ब्राजिलले सो खेल ४-२ जितेको थियो तर उक्त खेल पछि पेरूका डिफेन्डर कार्लोस जामब्रानोले नेमारको आलोचना गरेका छन्।
Peru defender Carlos Zambrano shares his thoughts on Neymar 🤡 pic.twitter.com/0EQbLbdQH7
— ESPN FC (@ESPNFC) October 16, 2020
उनले नेमार सानो फाउलमा पनि लड्ने र पेनाल्टीको लागि फाउलको खोजीमा रहेको भनेर आरोप लगाए।
“साँच्चिकै, उनी एक महान खेलाडी हुन्, उनी विश्वका सर्वश्रेष्ठ मानिस हुन्, तर मेरो लागी उनी एक जोकर हुन्, जामब्रानोले अमेरिकी टेलिभिजन कार्यक्रम ‘ला बांडा डेल चिनो’लाई भने।
Peru defender Carlos Zambrano was not happy with Neymar… 👀 pic.twitter.com/rHbXVKmHBI
— FootballJOE (@FootballJOE) October 16, 2020
“[नेमार] उनले मैदानमा आफुले गरेका सबै कुराका बारेमा सचेत थिए, उनी एक उत्कृष्ट खेलाडी हुन् तर उनि हल्का टचमा पनि फाउल खोज्दै थिए।
“पेनाल्टी क्षेत्रमा उनि चार वा पाँच पटक आफै लडे र उनि पेनाल्टीको खोजीमा थिए र अन्तमा उनले आफ्नो लक्ष्य हासिल गरे, दुई पेनाल्टीको साथ, तर त्यो पेनाल्टी थिएनन्।”
पेरूका डिफेन्डर कार्लोस जामब्रानोले उक्त खेलको अन्तिम समयमा रातो कार्ड पाएका थिए।