नेमारले लिग १ च्याम्पियन पेरिस सेन्ट-जर्मेनका लागि सबै प्रतियोगिताहरूमा १०० खेलहरू खेलेका छन्, र सो क्रममा उनले ८१ गोल पनि गरेका छन्।
Neymar received a medal & a special kit today for completing 100 games with Paris Saint-Germain 1️⃣0️⃣0️⃣ pic.twitter.com/9Fmzg08J46
— Neymar News (@Neymoleque) January 26, 2021
विश्वकै महँगो खेलाडीले मोन्टपेलियर बिरुद्धको ४-०को जितमा १०० खेलको रेकर्ड पुरा गरेका थिए।
ब्राजिलियन सुपरस्टारले पीएसजी टिभीलाई भने: “मेरो काँधमा पेरिस जर्सीको साथ मेरो १०० औं खेल खेल्न सकेकोमा म धेरै खुसी छु। हामी जित्यौं र मैले गोल गरे र ती सबैले मलाई आनन्दित तुल्यायो। एम्बाप्पेले मलाई मेरो गोलको लागि सेट अप गरेका थिए र यो स्कोर गर्नु र उनको आत्मविश्वास फिर्ता गर्नु लागि पनि महत्त्वपूर्ण थियो।”
२०१७मा बार्साबाट पिएसजी एक स्टारको खेल फ्रान्समा पनि निकै राम्रो रहेको छ। उनले १०० खेल पुरा गर्ने क्रममा फ्रेन्च क्लबमा ८१ गोल र ४१ अस्सित रहेको छ।
लिग १मा सबैभन्दा छिटो ५० गोल पुरा गर्ने रेकर्ड पनि नेमार संग रहेको उनले सो मात्र ५८ खेलमा गरेका थिए।