‘पेप गार्डियोला हाल विश्व फुटबलका सबैभन्दा उत्कृष्ट प्रबन्धक’

प्रसिद्ध ब्रिटिस फुटबल म्यागेजिन फोर-फोर-टुले हाल विश्व फुटबलका ५० सबैभन्दा उत्कृष्ट प्रबन्धकहरूको सुची तयार गरेको छ। उक्त सुचीको शीर्ष स्थानमा म्यान सिटीका कोच पेप गार्डियोला पर्न सफल भएका छन्।

यो सिजन पेप गार्डियोलाको लागि निकै उत्कृष्ट रहेको छ। उनले आफ्नो तेस्रो प्रिमियर लिग जितेका छन् र लिग कपको जितको साथै उनले सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा लागे। पूर्व बायर्न म्यूनिख र बार्सिलोना प्रबन्धकको यो सिजनको उल्लेखनीय उपलब्धिहरूको आधारमा उनलाई फोरफोरटुले आफ्नो सबैभन्दा उत्कृष्ट प्रबन्धकहरूको सुचीको शीर्ष स्थानमा राखेका छन्।

उक्त फुटबल म्यागेजिनले गार्डियोलालाई “अझै नवप्रवर्तन” गर्दै गरेका कोच भने र उनले “आफ्नो क्षमताको कारण अन्य प्रशिक्षकहरूलाई पछि पार्ने उपायहरू खोजी गरेको” भनेर प्रशंसा गरे।

फोर-फोर-टुले तयार गरेको हाल विश्व फुटबलका ५० सबैभन्दा उत्कृष्ट प्रबन्धकहरूको सुची तल हेर्नुहोस्:-

50. Hernan Crespo

49. Thomas Frank

48. Adi Hutter

47. Ronald Koeman

46. Nuno Espirito Santo

45. Ivan Juric

44. Oliver Glasner

43. Rafa Benitez

42. Jesse Marsch

41. Dean Smith

40. Roberto De Zerbi

39. Scott Parker

38. Christian Streich

37. Graham Potter

36. Jose Bordalas

35. Daniel Farke

34. Sean Dyche

33. Urs Fischer

32. David Moyes

31. Diego Martinez

30. Marcelo Gallardo

29. Sergio Conceicao

28. Simone Inzaghi

27. Niko Kovac

26. Marcelino Garcia Toral

25. Paulo Fonseca

24. Mikel Arteta

23. Christophe Galtier

22. Gennaro Gattuso

21. Zinedine Zidane

20. Erik ten Hag

19. Jose Mourinho

18. Julen Lopetegui

17. Stefano Pioli

16. Ralph Hasenhuttl

15. Steven Gerrard

14. Carlo Ancelotti

13. Ole Gunnar Solskjaer

12. Marco Rose

11. Marcelo Bielsa

10. Brendan Rodgers

9. Gian Piero Gasperini

8. Mauricio Pochettino

7. Thomas Tuchel

6. Hans-Dieter Flick

5. Julian Nagelsmann

4. Jurgen Klopp

3. Diego Simeone

2. Antonio Conte

1. Pep Guardiola