पेप गार्डियोला सिगारको साथ प्रिमियर लिग जित मनाउँदै गरेको भिडियो भाइरल

पेप गार्डियोला आफ्नो क्यारियरमा तेस्रो पटक प्रिमियर लिग विजेता प्रबन्धक हुन्। उनी सिटी सँगको लिग जितबाट धेरै खुसी रहेका छन् सो जित मनाउने क्रममा हाल उनको एक हास्यास्पद भिडियो भाइरल हुँदै गएको छ।

लेस्टर सिटी सँग म्यानचेस्टर युनाइटेडको हार पछि सिटीले लिग जित्ने निश्चित भए थियो र हाल सिटी सँग लिग जिते पछि सिटीका कोच क्लबका व्यवस्थापन सँग सेलेब्रेट गर्दै गरेको भिडियो भाइरल हुँदै गएको छ। उक्त भिडियोमा उनी सिगार प्रयोग गर्दै प्रसिद्ध ब्रिटिस रक ब्यान्ड ओएसिसको गीत ‘दन्त लुक बैक इन एंगर’ गाउँदै गरेको देख्न सकिन्छ। उक्त गीत सिटी फ्यानहरूले धेरै प्रयोग गर्ने गर्छन् भने सो ब्यान्डका सदस्य लियम ग्यालेगर पनि सिटी फ्यान हुन्।

हाल पेप गार्डियोला उक्त भिडियो सामाजिक सञ्जालमा धेरै भाइरल हुँदै गएको छ। उनी आफ्नो तेस्रो प्रिमियर लिग जितबाट धेरै खुसी देखिन्थे।

यो सिजन सिटीको निकै राम्रो फम रहेको छ। सिटीले यो सिजन लिग कप र प्रिमियर लिग जितेको छ भने सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ। यो उत्कृष्ट सिजनबाट पेप गार्डियोला पक्कै पनि धेरै खुसी छन् र उनले आफ्नो सटाइलमा सो जितहरू मनाएको भिडियो भाइरल भएको छ।