पेप गार्डियोला र म्यान सिटी बीच सम्झौता विस्तार

म्यानचेस्टर सिटीका प्रबन्धक पेप गार्डियोलाले क्लब संगको सम्झौता विस्तारमा हस्ताक्षर गरेका छन्। उनको सम्झौता क्लब संग यो सिजनको अन्त्यमा समाप्त हुने थियो र हाल उनले सिटी संग आफ्नो सम्झौता २०२३ सम्मको लागि नवीकरण गरेका छन्।

पुर्व बार्सा र बायर्न कोच थप २ वर्ष सिटीमा रहने कुरा सिटीले आफ्नो आधिकारिक वेबसाइटबाट पुष्टि गरेका छन्।

४९ वर्षका कोचको यो सिटीमा पाँचौं सिजन रहेको छ भने अझै उनि २ वर्ष बस्ने कुरा स्पष्ट भएको छ। उनले सिटी संग २ लिग जितेका छन् भने ३ लिग कप र एक एफ ए कप पनि जितेका छन्।

अब सिटीको मुख्य लक्ष्य जनवरीमा मेस्सी साइन गर्ने रहेको पनि खबर छ पेप गार्डियोलाको सम्झौता विस्तार मेस्सीको सिटी सामु एक माग रहेको कुरा थियो जुन सिटीले पुरा गरेको छ।