“पेप गार्डियोलामा केहि खास चीज छ”- मेस्सी

बार्सिलोनाका सुपरस्टार मेस्सीले आफ्नो पुर्व कोच पेप गार्डियोलाको प्रशंसा गरेका छन्। हाल मेस्सी म्यानचेस्टर सिटीमा जान सक्ने चर्चा हुँदा मेस्सीले पेपको ’bout बोले पछि सिटीका फ्यानहरु उत्साहित भएका छन्।

मेस्सी र पेप २००८ देखि २०१२ सम्म बार्सामा संगै थिए र दुईले ३ ला लिगा र २ च्याम्पियन्स लिग जितेका छन्। हालै मेस्सीले आफ्नो पुर्व कोच पेप गार्डियोलाको प्रशंसा गरेका छन्।

“पेप गार्डियोलामा केहि खास चीज छ” मेस्सीले भने।

“उनले तपाईलाई चीजहरू अद्भुत तरीकाले हेर्न मद्दत गर्छन, कसरी खेलहरूको लागि तयारी गर्ने, कसरी डिफेन्ड गर्ने, र कसरी आक्रमण गर्ने।

“[पेप] गार्डियोला र लुइस एन्रिक, दुई सबैभन्दा राम्रो कोच अन्तर्गत तालिम लिन पाएकोमा म भाग्यमानी थिएँ। उनीहरूले मलाई शारीरिक र मानसिक विकासमा मद्दत गरेका छन् र उनीहरूले मलाई खेल रणनीतिक ’bout पनि धेरै ज्ञान दिए।”