पेप गार्डियोलाको सिटीलाई १५ अंकको फराकिलो अग्रता

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा गाब्रियल जिससले दुई गोल गरेका थिए भने रियाद महरेजले एक गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लिंडर डेन्डोनकरले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी वोल्भ्सका लागि एक गोल कोनोर कोयडीले फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा १५ अंकको अग्रता हासिल गरेको छ । सिटीको २७ खेलमा ६५ अंक भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २६ खेलमा ५० अंक रहेको छ भने तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २६ खेलमा ४९ अंक रहेको छ ।

वोल्भ्सको २७ खेलमा ३४ अंक रहेको छ र लिगमा १२ औ स्थानमा रहेको छ ।