‘पेप गार्डियोलाको टिममा जान क्लोपलाई छोडेकोमा पछुता महसुस हुन्छ’

बायर्न म्युनिखमा खेल्न डार्टमन्ड छोडेर गएकोमा आफुलाई अझै पछुता महसुस रहेको भनेर मारियो गोट्जेले बताएका छन्। उनले स्वीकार गरे कि पेप गार्डियोलाको टिममा जानु सट्टा उनी लामो समयसम्म क्लोपसँग रहनु पर्ने थियो।

जर्मन मिडफिल्डर २०१३मा डर्टमन्डबाट बायर्न म्युनिख गए यद्यपि, हाल २८ वर्षका मिडफिल्डरले बायर्नमा अपेक्षाहरू पूरा गर्न सकेनन र तीन बर्ष पछि उनि पुरानो क्लबमा फर्के तर डर्टमन्डमा पनि उनको खेल राम्रो नभए पछि हाल उनि पिएसभीमा छन् ।

‘म आफूलाई चुनौती दिन चाहान्थे, म पेपको शैली जान्न चाहान्थे,’ जर्मन मिडफिल्डरले बताए।

‘बायर्नसँग हामी तीनवटा च्याम्पियन्स लिग सेमीफाइनलमा पुगेका छौं र गार्डियोलाले मलाई मैदानमा बिभिन्न स्थानहरूबाट फुटबल देख्न सिकाए।

“तर, मैले क्लोपको साथ लामो समय बिताउनुपर्थ्यो तर म्युनिखमा जानु पक्कै गल्ती थिएन।’ ‘म क्लोपलाई मेरो जीवनमा सबै भन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एकको रूपमा देख्छु। हामीबीच विश्वासको सम्बन्ध छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ