पेपेले बेन्जेमाको पेनाल्टी पूर्वानुमान गरे पछि

युरो २०२० अन्तर्गत ग्रुप एफको पोर्चुगल र फ्रान्स बिचको खेल बराबरीमा टुङ्गिएको थियो। उक्त खेल २-२ को बराबरीमा अन्त्य भएको थियो भने खेलमा दुवै टिमले पेनाल्टी पाएको थियो भने दुवै टिमले पेनाल्टीलाई गोलमा परिवर्तन गर्‍यो तर बेन्जेमाको पेनाल्टी रोक्न पोर्चुगललाई राम्रो मौका रहेको हाल एक भाइरल भिडियोले देखाएको छ।

आफ्नो पूर्व टिम मेट बेन्जेमाले पेनाल्टी कहाँ प्रहार गर्ने छन् भनेर पोर्चुगलका स्टार डिफेन्डर पेपेले पूर्वानुमान गरेको देखिन्छ उनले आफ्नो गोलकिपरलाई बायाँ डाइभ गर्न सुझाव दिएको उक्त भाइरल भिडियोमा देख्न सकिन्छ।

पेपेले धेरै पटक आफ्नो गोलकिपरलाई बायाँ( गोलकिपरको दायाँ) तिर डाइभ गर्न सुझाव दिँदै थिए तर गोलकिपरले उनको सुझाव मानेनन् अन्त्यमा बेन्जेमाले पेपेको पूर्वानुमान अनुसार बायाँ प्रहार गरे र गोल गरे।

पेपे आफ्नो गोलकिपर सँग खुसी थिएनन् र गोल पछि उनले आफ्नो गोलकिपर सँग केही विवाद गरेको पनि देख्न सकिन्छ।

खेल बराबरी भए पछि दुवै टिम अर्को चरणमा पुगेको छ। पोर्चुगल राउन्ड अफ १६ मा बेल्जियमसँग नेपाली समय अनुसार जुन २८ सोमबार बिहान १२:४५ मा खेल्दै छन् भने फ्रान्स राउन्ड अफ १६ मा स्विट्जरल्याण्ड विरुद्ध नेपाली समय अनुसार जुन २९ मङ्गलवार बिहान १२:४५ मा खेल्दै छन्।