माल्टाको फुटबल लिगको धेरै चर्चा हुने गरेको छैन तर यो हप्ता माल्टाको लिगको खेलमा भएको खेल बेलाको घटनाले धेरै चर्चा पाएको छ ।
A national powercut happened in Malta last night. Talk about the biggest cliffhanger in football history… pic.twitter.com/jfInJ10i67
— Jack Kenmare (@jackkenmare_) November 29, 2020
माल्टाको पहिलो डिभिजनको फुटबल लिगमा मार्सा र सेन्ट एन्ड्रयूज बीचको खेलमा स्टेडियममा बत्ती गयो र बत्ती गएको समय पनि निकै दुर्भाग्यपूर्ण रहेको छ। मार्साले खेलमा पेनाल्टी पाएको थियो र ठ्याक्कै पेनाल्टी लिने समयमा स्टेडियममा बत्ती गयो र स्टेडियममा अँध्यारो भयो।
मार्साले खेलमा पेनाल्टी पाएको समयमा मार्सा २-०ले अघि थियो र पेनाल्टीको मद्दतमा तेस्रो गोल गर्ने क्रममा रहेको थियो।
सो समय माल्टाको धेरै शहरहरुमा बिजुलीको समस्या भएको थियो र खेलनै रद्द भएको थियो। सो खेल अब पछि अर्को मितिमा ६२ मिनेट देखि सुरु हुने खबर छ। बत्ती गएको एक घण्टा पछि मात्र बत्ती फिर्ता आएको खबर छ।