पेनाल्टी बिना गोल गर्नेमा रोनाल्डोको भन्दा मेस्सीको राम्रो रेकर्ड

ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको थियो। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेस्सीले दुई गोल गरेका थिए। खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् भने उनको गोलको रेकर्ड पनि निकै राम्रो रहेको छ।

रियल सोसिआडाड विरुद्ध लियोनेल मेसीको डबल गोलको अर्थ -उनले अब आधिकारिक रूपमा क्रिस्टियानो रोनाल्डो भन्दा करियरमा अधिक बिना-पेनाल्टी गोल गरेका छन्।

मेस्सीले दुई पटक गोल गर्दा उनको करियरको नन पेनाल्टी गोल ६३६ भएको छ र रोनाल्डोको ६३५ बिना पेनाल्टीको गोल रहेको छ जसको मतलब मेस्सी एक गोलले सो रेकर्डमा अघि छन्।

उनले सो उपलब्धि रोनाल्डो भन्दा १४४ खेल कम खेलेर पुरा गरेका छन् भने मेस्सीको गोल दर पनि निकै राम्रो रहेको छ हुन् ११७ मिनेट रहेको छ र रोनाल्डोको गोल दर १३५ मिनेट रहेको छ।

रोनाल्डो भने च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय खेलहरूमा बिना पेनाल्टी गोलमा मेस्सी भन्दा अगाडी छन्।