पेनाल्टी प्रहार गर्न नपाएपछि गोलकिपरले गरे उत्कृष्ट असिस्ट

इङलिस प्रेमिएर लिगमा हिजो सनिबार राती भएको म्यान्चेस्टर सिटी र टोटेन्ह्याम बिचको खेलमा सिटीले ३-० ले जित्यो ।

खेलको २३ औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । पछिल्लो पेनाल्टीहरुमा क्लबका खेलाडी धेरै चुकेपछि प्रशिक्षक पेप गुवार्डियोलाले गोलकिपर इडर्सनले पेनाल्टी प्रहार गर्न सक्ने बताएको थियो ।

तर, टोटेन्ह्यामबिरुद्धको खेलमा पाएको पेनाल्टी भने इडर्सनले नभई रोड्रीले प्रहार गर्दै गोलमा परिणत गरे । गोलकिपर इडर्सनले भने त्यस पेनाल्टी प्रहार गर्न आफू अघि बढेको थियो ।

यधपी, खेलको ६६ औं मिनेटमा म्यान्चेस्टर सिटीले ३-० को अग्रता बनायो जसमा गोलकिपर इडर्सनले गुन्डोगनलाई असिस्ट गरे ।

भिडियो हेर्नुहोस:

इडर्सनले दिएको लङ बलमा गुन्डोगनले गोल गर्न सफल भएको हो ।