पेनाल्टी गोल पछि रोनाल्डोको सेलेब्रेशनमा हंगेरीका कोचले गरे आलोचना

हंगेरीका कोच मार्को रोसीले पोर्चुगलका सुपरस्टार रोनाल्डोको आलोचना गरेका छन्। युरो कप २०२०मा हंगेरी विरुद्ध रोनाल्डोको पेनाल्टी गोल पछिको सेलेब्रेशनको लागि हंगेरीका कोचले उनको आलोचना गरे। हंगेरीलाई पोर्चुगलले ३-०ले पराजित गरेको थियो र खेलको दोस्रो गोल ८७ मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गरेका थिए।

उनले पेनाल्टी गोल गरे पछि धेरै सेलेब्रेट गरेको भनेर हंगेरीका कोचले रोनाल्डोको आलोचना आलोचना गरे। रोसीले युभेन्टसका स्टार फोरवार्डलाई “महान् च्याम्पियन” को रूपमा प्रशंसा गरे तर रोनाल्डोको व्यवहारले कहिलेकाहीँ ‘चिढाउन” सक्ने उनले बताए ।

“रोनाल्डो एक महान् च्याम्पियन हुन् तर उनको व्यवहारले कहिलेकाहीँ ‘चिढाउन’ सक्छ ।

“हामीसँग पेनाल्टी गोल पछि उनले फाइनलमा गोल गरेको जस्तो गरी सेलेब्रेट गरे। मानिसहरूले यी कुरा याद गर्छन्।”

उक्त खेलको ८४ औ मिनेटमा पोर्चुगलका डिफेन्डर राफायल गुरेरोले गोल गरी पोर्चुगलका लागि गोलको खाता खोलेका थिए। खेलको ८७ औ मिनेटमा पोर्चुगलले पेनाल्टी पाएको थियो जसलाई रोनाल्डोले गोलमा परिवर्तन गरे। खेलको ९० औ मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले पुनः गोल गरी पोर्चुगलको जित सुनिश्चित गरेका थिए।