प्रिमियर लिगमा म्यानचेस्टर सिटीले गए रातिको खेलमा फुलह्यामविरुरुद्ध २–१ जित निकालेको थियो। अन्तिम समय सम्म १-१को बराबरीमा रहेको खेलमा सिटीले पेनाल्टी पाएको थियो भने उक्त पेनाल्टीको लागि म्यान सिटीका स्टार केभिन डि ब्रोइनाले डाइभ गरेको केही फ्यानहरूको विश्वास रहेको छ।
Seriously ? @KevinDeBruyne got a penalty for that dive ? He delays throwing himself to the ground he’s so embarrassed but for the ref & VAR to say ‘Yeap, that’s a penalty!’ – pathetic. DeBruyne should get slaughtered but he won’t, wonder why ? (He’s white)pic.twitter.com/4FuehTVZRL
— Kloppo(97)🏆🏆🏆🏆🏆🏆 (@97RedKlopps) November 5, 2022
खेलमा ५ मिनेटको थपिएको इन्जुरी टाइममा फुलह्यामका लेफ्ट-ब्याक एन्टोनी रोबिन्सनबाट न्यूनतम सम्पर्कमा ३१ वर्षीया डि ब्रोइना डि-बक्स भित्र लड्न पुगे र रेफ्रीले सिटीलाई पेनाल्टी दिएको थियो।
हाल उक्त पेनाल्टीको लागि केभिन डि ब्रोइनाले डाइभ गरेको भनेर केही विपक्षी फ्यानहरूको आरोप रहेको छ भने रेफ्रीले उक्त फाउललाई भिएसआरमा समीक्षा नगरेको कारण पनि रेफ्रीको आलोचना हुँदै गएको छ।
🔔 | Kevin De Bruyne seemingly dives to win Erling Haaland’s match-winning penalty vs Fulham https://t.co/ieyUudcNn4
— SPORTbible News (@SportBibleNews) November 5, 2022
घरेलु मैदान इतिहाद स्टेडियममा खेलको १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
२८ औँ मिनेटमा आन्द्रेस पेरेराले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए । सिटीका डिफेन्डर जाओ कान्सेलोले पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनलाई लडाएपछि फुलह्यामले पेनाल्टीको अवसर पाएको थियो । यो फाउलका कारण कान्सेलोले रातो कार्ड बेहोर्दा सिटी २६ मिनेटमै १० खेलाडीमा समेटियो ।
थप गरिएको समयमा एर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै १३ खेलमा ३२ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिँदा पराजित फुलह्याम १४ खेलबाट १९ अंकका साथ आठौँ स्थानमा छ ।