पेड्रीलाई ओलम्पिक खेल्नबाट रोक्न बार्सालाई पेप गार्डियोको आग्रह

म्यानचेस्टर सिटीका कोच गार्डियोलाले बार्सिलोनाका मिडफील्डर पेड्रीलाई ओलम्पिकमा नखेल्न आग्रह गरेका छन्। बार्सा का युवा स्टार पेड्री ओलम्पिकमा खेल्ने भए पछि उनको फिटनेसलाई लिएर सिटीका स्पेनिस कोच चिन्तित रहेका छन्।

पेड्री, हाल स्पेनको साथ युरो कप खेल्दै छन् र स्पेनले टोकियो ओलम्पिकको खेलहरूको लागि पेड्रीलाई टिममा राखेको छ। युरो कपको खेल मात्र पर्याप्त रहेको र युरो पछि थप थकानको कारण क्लबमा खेलमा असर पर्न सक्ने कारण गार्डियोलाले उनलाई ओलम्पिक नखेल्न आग्रह गरेका छन्

गार्डियोलाले भने: “मलाई लाग्छ कि गर्मीको यो प्रतियोगिता(युरो २०२०) पर्याप्त छ। मेस्सी ओलम्पिक खेलमा गए (२००८ मा) किनभने उनीसँग विश्वकप र कोपा अमेरिकाको खेल थिएन।

“फेरान टोरेस र रोड्री ओलम्पिक जान सक्थे तर तिनीहरू गएनन्, उनीहरू सँग युरोको खेलहरू छ। यो नै धेरै हो। हामीले खेलाडीहरूलाई धेरै राम्रो पैसा दिन्छौँ र उनीहरूले क्लबको सेवा गर्छन्।

“युरोमा खेल्नु धेरै राम्रो छ, तिनीहरूले राम्रो गर्दै छन्।”