पूर्व बार्सिलोना खेल निर्देशक आन्दोनि जुबिज़र्रेताले आफू बार्साका युवा स्टार पेड्रीको प्रशंसक रहेको स्वीकार गरेका छन् भने उनको मूल्याङ्कन थोरै भएको उनले गुनासो गरे।
📻 🎙 Andoni Zubizarreta (ex-sports director) on @QueThiJugues “If Pedri was called Pedrinho, he would have cost 50 million euros. You have to look at what you have inside the club first, but he is a great player.”
— FCBarcelonaFl (@FCBarcelonaFl) February 10, 2021
पेड्रीको हाल बार्सामा निकै राम्रो प्रदर्शन रहेको छ भने उनी टिमको महत्त्वपूर्ण खेलाडी बन्ने क्रममा छन्। १८ बर्सिया युवा लास पाल्मासबाट ५ मिलियन युरोमा बार्सा आएका थिए, यद्यपि उनको मूल्य ३० वा ३५ युरो पुग्ने अनुमान छ र पूर्व बार्सिलोना खेल निर्देशकले उनको मूल्याङ्कन कम रहेको बताए भने उनी ब्राजिलियन भएको भए उनको मूल्याङ्कन यो भन्दा धेरै हुने बताए।
“यदि उनको मा, पेड्रिन्हो भएको भए उनको मूल्य पनि ५० मिलियन हुने थियो होला” ५९ वर्षका पूर्व बार्सा खेल निर्देशक आन्दोनि जुबिज़र्रेताले मजाक गर्दै भने।
Andoni Zubizarreta:
“If Pedri had been named Pedrinho, he would have cost 50 million.” pic.twitter.com/YedUDps6yD
— total Barça (@totalBarca) February 9, 2021
“तपाईँले क्लब भित्र के छ भनेर पहिला हेर्नु पर्छ, तर उनी एक राम्रो खेलाडी हुन्।”