पूर्व विजेता अमेरिका विश्वकपको अन्तिम ८ मा

अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबल २०१९ को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । अन्तिम १६ अन्तर्गत सोमबार बेलुका समपन्न खेलमा युरो पावर टिम स्पेनलाई २/१ ले पराजित गरेर अमेरिकाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

अमेरिकाले खेलको ७ मिनेटमा पेनाल्टी पाएको थियो। मेगन रापिनोइले गोल गर्दै अमेरिकालाई सुरुवाति १/० को अग्रता दिलाइन् । त्यसै ९ मिनेटमा जेनिफर हरमोसोले स्पेनका लागि १/१ को बराबरीमा ल्याए। पहिलो हाफमा दुबै टिमले गोल थपेन्।

दोस्रो हाफमा अमेरिकाले फेरि अर्को पेनाल्टी पायो । भि.ए.आर मार्फत गरिएको लामो रिभ्युपछि अमेरिकाले पेनाल्टी पाएको हो । त्यसमा मेगनले व्यक्तिगत दोस्रो गोल गदै अमेरिकाले २/१ को जित निश्चित गरिन् ।।

हारपछि स्पेन बाहिरिएको छ भने अमेरिकाले उपाधि रक्षाको यात्रा कायम राख्ने भएको छ । क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्सको सामना गर्नेछ ।

सोमबार राति नै भएको अर्को खेलमा क्यानडालाई १/० ले पराजित गर्दै स्वीडेनले अन्तिम ८ मा स्थान पक्का गरेको छ।