पूर्व म्यान्चेस्टर सिटीका क्याप्टेन याया टोउरे चाइनाको दोस्रो डिभिजन क्लबमा

आइभोरी कोस्टका मिड्फिल्डर याया टोउरेले चाइनाको दोस्रो डिभिजनको क्लब क्विङदाओ हुयाङ्हाइ बाट खेल्ने भएको छ ।

म्यान्चेस्टर सिटीबाट ३ पटक प्रेमिएर लिगको उपाधी जितेका टोउरे, डिसेम्बरमा ओलम्पियाकोस छाडे देखी क्लब बिहिन रहिआएको थियो ।

मोनाको र बार्सिलोना जस्ता क्लबबाट पनि खेलेका टोउरेले म्यान्चेस्टर सिटीमा ८ बर्ष बिताएर ७ वटा प्रमुख उपाधीहरु जित्न सफल भएको थियो ।