पूर्व टोटेनह्याम कोच मौरिसियो पोचेटिनोको नयाँ क्लब यो हुन सक्ने

पूर्व टोटेनह्याम कोच मौरिसियो पोचेटिनोको नयाँ गन्तव्य फ्रेन्च क्लब पिएसजी हुन सक्ने खबर छ।

अर्जेन्टाइन कोच म्यानचेस्टर युनाइटेड वा रियल म्याड्रिडमा जान सक्ने चर्चा धेरै रहेको थियो भने हाल खबर अनुसार उनको नयाँ क्लब पिएसजी हुन सक्ने छ। बट्टलस्पोर्टले दावी गरेको छ कि पिएसजीको नयाँ कोच अर्को सीजनमा पोचेटिनो हुन सक्ने छन्।

थोमस टुचेललाई प्रतिस्थापन गर्ने मुख्य दाबेदार पोचेटिनो रहेको खबर छ, र च्याम्पियन्स लिग जित्न असफल भए टुचेललाई पिएसजीले बर्खास्त गर्ने पनि खबर छ।

जर्मन कोचको सम्झौता अर्को गर्मीमा समाप्त हुने छ, र युरोपको सबैभन्दा ठूलो उपाधि प्राप्त नगरे, क्लबले सम्झौता विस्तार नगर्ने खबर छ ।

पोचेटिनो पनि पिएसजी जान इच्छुक रहेको कुरा छ र पिएसजीमा युवा टिम निर्माण गर्ने उनको योजना रहेको पनि कुरा छ।