पूर्व च्याम्पियन पोर्टो युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो

पूर्व च्याम्पियन पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको आश्चर्यजनक रुपमा बाहिरिएको छ । यता गएको सिजनको सेमिफाइनलिष्ट आयाक्स अन्तिम समयमा जित निकाल्दै प्लेअफको फाइनल राउण्डमा पुगेको छ ।

२००४ को च्याम्पियन पोर्टो रसियन क्लब एफसी क्रास्नोदारसँग दोस्रो लेगमा ३-२ ले पराजित भएपछि समग्रमा ३-३ गोलको बराबरी भएपनि अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरियो ।

२०१० पछि च्याम्पियन्स लिगको समूह चरणमा पुग्न नसकेको पोर्टो रसियन क्लबविरुद्ध पहिलो लेगमा १-०ले विजयी भएको थियो । तर घरेलु मैदानमा पोर्टो ३४ मिनेटमा ३-० ले पछि परेको थियो ।

पाहुना टिम क्रास्नोदारका खेलको ३ मिनेटमा मिलिनाले गोल गरे भने १२ औं र ३४ औं मिनेटमा सुलेमानोभले गोल गर्न सफल भए ।

पहिलो हाफमा ३-० ले पछि परेको पोर्टोले दोस्रो हाफमा २ गोल फर्काएको थियो । ५७ औं मिनेटमा मेन्डेस आन्द्रेद र ७७ औं मिनेटमा डियाजले गोल गरेका थिए । त्यसपछि पोर्टो खेलमा फर्कन सकेन र रसियन क्लब अवे गोलका कारण अर्को चरणमा स्थान बनाउन सफल भयो ।

अर्को खेलमा आयाक्स पनि ग्रीक च्याम्पियन पाओकसँग ५-४ ले विजयी हुँदै प्लेअफमा पुग्न सफल भयो । घरेलु मैदानमा भएको दोस्रो लेग ३-२ ले जितेपछि उसले समग्रमा ५-४ को जित निकाल्न सफल भयो ।